दाह्री ,कपाल र नाकको रौं काट्ने 3 in 1 मेसिन Rs 699/- मात्र

3 in 1

यो मेसिन मा हेयर ट्रिमर एक पिस ,सेभर एक पिस र नाक कानको रौं काट्ने मेसिन एक पिस हुन्छ । तीनवटा काम गर्ने भएकोले यो एकदमै उपयोगी छ । यसले आफ्नो इच्छा अनुसार दाह्री कपाल छोटो बनाउन ,दाह्री ब्लेडले काटेको जस्तो चिल्लो बनाउन साथै नाक भित्रको रौं सजिलै काट्न सकिन्छ ।

1.Trimmer

यो मेसिनलाइ ट्रिमरको रुपमा प्रयोग गर्नको लागि सबै भन्दा पहिले मेसिनमा ट्रिमर हेड फिट गर्ने । येदि दाह्री छोट्टाउने हो भने यो मेसिन संगै आएको क्लिप फिट गर्ने । दाह्री कत्तिको छोटो पार्ने हो त्यही अनुसार क्लिपलाइ तल माथि सार्ने । अब मेसिन अन गर्ने र दाह्री काट्ने ,यसले छाला नकाट्ने हुनाले ढुक्क भएर दाह्री काट्न सकिन्छ । यदी पुरै दाह्री फाल्ने हो भने क्लिप झिकेर काट्नु पर्छ ।

2.shaver

यो मेसिनलाइ ट्रिमरको रुपमा प्रयोग गर्नको लागि सबै भन्दा पहिले मेसिनमा सेभर हेड फिट गर्ने । दाह्री अलि लामो भैसकेको छ भने पहिला सेभर हेड पछाडी भएको सानो ट्रिमर अन गरेर पहिला त्यो दाह्री फाल्ने किनकि सेभर हेडले लामो दाह्री काट्दैन यसले चिल्लो मात्र बनाउँछ । येदि दाह्री दुइ तिन दिनको मात्र लामो छ भने सिधै सेभर हेडले काट्दा हुन्छ । सेभिङ्ग गर्नको लागि गालाको छाला तन्काउने र शेभर हेड अन गरेर हल्का प्रेस गर्दै मेसिनलाइ तल माथि गर्दै काट्ने । यो मेसिनले ब्लेडले काटेको जस्तै चिल्लो काट्छ ।

3.Nose hair trimmer

नाकको रौं काट्न एकदमै अफ्ठ्यारो हुन्छ र आफैले काट्न पनि सकिदैन तर यो मेसिनले सजिलो र सुरक्षित तरिकाबाट आफैले काट्न सकिन्छ । त्यसको लागि सबैभन्दा पहिला नोज ट्रिमर हेड फिट गर्ने , मेसिन अन गर्ने ,नाकको प्वालभित्र छिराउने र मेसिनलाई दायाँ बायाँ गर्ने । नाकको रौं  काटिहाल्छ ,यसले छाला नकाट्ने भएकोले ढुक्क संग काट्न सक्नुहुन्छ । यो मेसिनमा AA size को एउटा ब्याट्री हाल्नु पर्छ ।

8 thoughts on “दाह्री ,कपाल र नाकको रौं काट्ने 3 in 1 मेसिन Rs 699/- मात्र”

Leave a Reply